
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले भौगोलिक राष्ट्रवादको भुत जगाएको आरोप लगाउनु भएको छ ।
मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता लिएरै छाड्ने बताएपछि संसदबाट बाहिर निस्कदै गर्दा उहाँले भौगोलिक राष्ट्रवादको भुत जगाएर आफुलाई पांच बर्ष सत्ता टिकाउने दम्भ प्रस्तुत गरेको बताउनु भएको थियो।
“झण्डै तीन घण्टा स्पष्टिकरण दिनु भो त्यसले के देखियो भने उहाँ सच्चिने सुध्रिने कुनै संकेत देखिएन। उहाँले जुन हठ गरीरहनु भएको छ र अहिले जुन भौगोलिक राष्ट्रवादको भुत जगाएर आफुलाई पुरै पांच बर्ष र त्यसपछि पनि निरन्तर सत्ता आफुले चलाउँछु भन्नु भो त्यो गम्भीर प्रकृतिको छ” उहाँले भन्नुभयो।
हेर्नुहोस भिडियो सहित
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend