logo

२०८१ जेष्ठ ३२ शुक्रबार

logo
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

    मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

    1.1K
    Shares
    मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । केन्द्र प्रमुख इञ्जिनीयर पशुपति गौतमले समयमा वर्षा भएकाले जेठको दोस्रो सातादेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदै आएको जानकारी दिए ।

    केन्द्रमा रहेका तीनवटा युनिटबाट २३–२३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए । “सुख्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुँदा विद्युत् उत्पादन घटेर ३० मेगावाटसम्म पुग्ने गरेको छ । यसपटक समयमा वर्षा भएकाले हाल पूर्णक्षमतामा विद्युत् उत्पादन भएको हो”,उनले भने ।

    मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने गरेकाले पानीको अभाव नभएको गौतमले बताए ।

    “वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्ने गर्दछ”, उनले भने,“सुख्यायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुने भएकोले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।”

    यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

    याे पनि :

    मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजनाद्वारा पूर्ण क्षमतामा विद्युत उत्पादन

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend