logo

२०८१ जेष्ठ ३२ शुक्रबार

logo
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्दै शाखा अधिकृत लक्ष्मण शाहबिरुद्ध उजुरी

    झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्दै शाखा अधिकृत लक्ष्मण शाहबिरुद्ध उजुरी

    1K
    Shares
    झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्दै शाखा अधिकृत लक्ष्मण शाहबिरुद्ध उजुरी

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत (सातौँ तह) लक्ष्मण शाहबिरुद्ध विशेष अदालत, काठमाडौँमा आज आरोप–पत्र दायर गरेको छ ।

    निज शाखा अधिकृत (सातौँ तह) लक्ष्मण शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा तथा लाभ प्राप्त गर्ने उद्देश्यले निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु प्रवेश गरी बढुवा भई हाल शाखा अधिकृत (सातौँ तह) मा बहाल रहेको अख्तियारको दाबी छ ।

    निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज शाहलाई उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिएको अख्तियारमा प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend