
सूचना आयोगले कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको स्थान सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै संक्रमितको स्थायी ठेगानामात्र दिँदा अन्योल भएको भन्दै संक्रमण हुँदाको स्थानसमेत सार्वजनिक गर्न आदेश दिएको हो ।
‘‘कोरोना भाइरसको संक्रमण वा यसैका कारण मृत्यु भएका व्यक्तिहरुको विवरण सार्वजनिक गर्दा संक्रमण वा मृत्यु हुँदाको बखत बसोबास गरेको स्थान वा स्थायी ठेगाना समेत उल्लेख गर्न सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आयोगले २०७७ जेठ ६ मा आदेश दिइएको छ’ विज्ञप्तिमा भनिएको छ ।
हाल स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा संक्रमितको स्थायी ठेगानामात्र सार्वजनिक गर्दा कन्ट्याक ट्रेसिङ लगायतको काममा समस्या हुने गरेको सरकारी अधिकारीहरुले नै बताएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend