मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

कोरोना परीक्षणको शुल्क निर्धारण भएको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना परीक्षणको शुल्क निर्धारण भएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क नतोकिएको जनाएको हो । सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे निर्देशिका बनाएको छ ।

कोरोना परीक्षण गर्नुपर्नेहरुको सरकारले नै निस्शुल्क परीक्षण गर्दै आएको छ । तर सरकारी निर्देशिकाको मापदण्डबाहिरका व्यक्तिले पनि कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने जनाएको छ ।

शुल्कको बारेमा छलफल भइरहेको तर टुंगो नलागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

सरकारले निजी अस्पताललाई आरडीटी र सरकारी अस्पताललाई पीसीआर विधिमार्फत शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने निर्णय गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend