आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि भारतीय मिडियाको आपत्ति

नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि भारतीय मिडियाको आपत्ति

नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा गरेको ट्वीटलाई लिएर भारतीय मिडियाहरु उनीमाथि आपत्ति जनाएका छन् । मनिषाको यो ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’उनको यहि ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ ।

‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको भए पनि आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend