शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ मानचित्र सर्वजनिक

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ मानचित्र सर्वजनिक

काठमाण्डौं : सरकारले  नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

आज नयाँ नक्सा सार्वजनिक भएसंगै अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।

यस अघि नेपालको क्षेत्रफल अतिक्रमित भूभाग बाहेक१ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नेपालको अतिक्रमित भूभागको क्षेत्रफल ३ सय ३५ वर्गकिलोमिटर थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गर्दै यो दिन इहितहासमा लेखिने बताउनुभयो ।

उहाँले पुर्खाले रचेको भौगोलिक इतिहासको रक्षा गर्नु आजको दायित्व भएको उल्लेख गर्दै आजदेखि विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको र नेपालीको मनोबल पनि उच्च बनेको बताउनुभयो ।

 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend