logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको छ : सांसद यादव

    चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको छ : सांसद यादव

    553
    Shares
    चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको छ : सांसद यादव

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले चरे संरक्षणका लागि बनेको चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी हुन् ।

    उनले चुरेमा भइरहेको कामको परिणामले सो कुरा पुष्टि हुने बताउनु भयो । उहाँले अझैपनि चुरे क्षेत्र अतिक्रमणको सिकार भइरहेको बताइन् ।

    उनले भनिन्– ‘सरकारले २०७१ मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरे । तर यो समितिमा कामभन्दा राजनीति बढी भएको छ । चुरेको परिणामले पनि देखाइरहेको छ । उही समितिको रिपोर्ट अनुसार मैले १९९० देखि २०२० सम्म चरेमा ३२ हजार ५० हेक्टर वन बढेको छ । तर ६४ हजार ३०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । मापदण्ड विपरित ९६ हजार ३०६ हेक्टर खोलाको किनारा हराएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको अवस्था पनि यस्तै छ ।’

    उनले तराई मधेसमा खानेपानीको सुविधा पु¥याउन माग समेत गरिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend