शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

हवाई उडानलाई सरकारले जेठ मसान्तसम्म लम्ब्याउने निर्णय, सीमा नाका पनि जेठ मसान्तसम्म नखुल्ने

हवाई उडानलाई सरकारले जेठ मसान्तसम्म लम्ब्याउने निर्णय, सीमा नाका पनि जेठ मसान्तसम्म नखुल्ने

जेठ १८ गतेसम्म प्रतिबन्ध लगाएको हवाई उडानलाई सरकारले जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । यस्तै सीमानाका पनि जेठ मसान्तसम्म नखोलिने भएको छ ।

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले हवाई उडानमाथिको प्रतिबन्ध र सीमानाका बन्द गर्न कार्यलाई अझ लम्ब्याउने निष्कर्ष निकालेको हो ।

लकडाउन लम्ब्याएर जेठ २० सम्म पु¥याएको सरकारले हवाई उडान र सीमानाका सम्बन्धी निर्णय भने बुधबार मात्र लिएको हो ।

विदेशबाट आउन चाहने नेपालीहरुका लागि चाँडै हवाई उडान खोलिन अपेक्षा गरिए पनि यो निर्णय पछि स्वदेश फर्कन चाहने नेपालीका चाहना तत्काल पूरा नहुने अवस्था देखिएको छ ।

त्यसैगरी भारतसंगको सीमा पारि रहेका नेपालीहरुले पनि जेठ अघि आउन पाउने सम्भावना टालिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend