
भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ। बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा भारतीय भूमि आफ्नो नयाँ नक्सामा समेटेको आरोप लगाए।
नेपालले आज एक संशोधित नक्सा सार्वजनिक गरेको छ। जसमा केही भारतीय भूमि पनि समेटिएको छ’ उनले भने‚ ‘यो एकतर्फी कदम हो र यो ऐतिहासिक तथ्य र प्रमाणमा आधारित पनि छैन।’ प्रवक्ता श्रीवास्तवले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्ने द्विपक्षीय समझदारीभन्दा बाहिर गएर नेपालले कदम चालेको पनि टिप्पणी गरे।
उनले नेपालको कदमलाई ‘कृत्रिम विस्तार’को संज्ञा दिँदै भारतलाई मान्य नहुने बताएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend