मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

बिहानै नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

बिहानै नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

नेपालमा आज बिहानै थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा झापा कचनकवल गाउँपालिका-३, ६ र ८ निवासी १८ देखि ४६ वर्ष उमेर समूहका १५ पुरुष, धनुकटाका ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नयाँ संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ४ सय ४४ पुगेको छ । जसमध्ये ४५ जना निको हुँदा २ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend