बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

मधेशी समुदायको अपमान गरेको भन्दै कार्यक्रममा संलग्नहरूलाई कार्वाहीको माग

मधेशी समुदायको अपमान गरेको भन्दै कार्यक्रममा संलग्नहरूलाई कार्वाहीको माग

काठमाडौंबाट प्रसारण हुने एक टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा मधेशी समुदायको अपमान गरेको भन्दै कार्यक्रममा संलग्नहरूलाई कारवाही गर्न प्रदेश २ सरकारले माग गरेको छ ।

सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले संघीय सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बुधबार एक पत्र लेख्दै कृषि टेलिभिजनको ६ जेठमा ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रममा प्रस्तुत गरिएको भाषा र सांकेतिक हाउभाउले मधेशी वर्गलाई ठेस पुर्याएको र जनतामा व्यापक विरोध तथा आक्रोश थपेको भन्दै कारवाहीको मा गरिएको हो ।

संविधानको धारा १७ को उपधारा २ तथा धारा १८ को उपधाराहरू २ र ३ बमोजिम कारवाही गर्न माग गर्दै २०७४ को राज्य विरुद्वका कसुर अन्तर्गत दफा ४९ को ४ र दफा ६५ को १ को व्यवस्था बमोजिम यस्ता गतिविधीहरू बन्द हुनुपर्ने पत्रमा उल्लेख छ ।

साथै, अन्य विभिन्न टेलिभिजनको कार्यक्रम जस्तै ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट द फ्लप’, ‘जोगीन्दर बोले प्रणाम जी’सहित नेपाली चलचित्रहरूमा केही सीमित व्यक्ति र समुदायको मनोरञ्जन तथा हाँसोका लागि कुनै खास वर्ग मधेशी सहितकालाई भाषा, भेषभुषा शब्द अभिनय र संकेतका माध्यमले होच्याउने, अपमान गर्ने जस्ता क्रियाकलपाले कुनै विशेष समुदायमा आक्रोश पैदा गरी राष्ट्रिय एकता तथा समाजिक सद्भाव खलबलाउन सक्ने भएकाले यस्ता विभेदकारी कार्यक्रम निर्माण र प्रशारणमा रोक लगाउनसमेत प्रदेश सरकारले माग गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend