सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतीय मूलका प्राध्यापकले भने, ‘नक्सा युद्ध कसले सुरु गरेको? नेपाल काश्मिर होइन’

भारतीय मूलका प्राध्यापकले भने, ‘नक्सा युद्ध कसले सुरु गरेको? नेपाल काश्मिर होइन’

एक जना भारतीय मूलका प्राध्यापकले नेपालसँगको सीमा विवादलाई लिएर ट्वीट गर्दै कडा प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

स्विडेनस्थित उप्साला विश्वविद्यालयका शान्ति तथा द्वन्द्व अनुसन्धानका प्राध्यापक अशोक स्वीनले नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार गर्छ भनेर कसैले पनि विश्वास नगरेको बताएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘भारतले नेपालको नयाँ नक्सा स्वीकार गर्छ भनेर कसैले पनि विश्वासै गरेका थिएनन् । तर, यो नक्सा युद्ध कसले सुरु गरेको थियो ?’

उनले भारतले सन् २०१९ मा एकतर्फी रूपमा नक्सा बनाएर किन जारी गरेको भन्ने प्रश्नसमेत गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्धराष्ट्रवाद रहेको टिप्पणी गर्दै त्यसैका आधारमा नयाँ नक्सा बनाएको बताएका छन् ।

उनले भनेका छन्, ‘भारतले २०१९ मा एकतर्फी नक्सा किन बनायो ? यो सत्ताअन्ध मोदीले काश्मिरको नक्सा पुनः बनाउनका लागि गरेका थिए । तर, नेपाल काश्मिर होइन ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend