मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

लकडाउनको आज ५९ औं दिन : अत्यावश्यक सेवा र पासबाहक सवारी-साधन मात्रै सञ्चालनमा

लकडाउनको आज ५९ औं दिन : अत्यावश्यक सेवा र पासबाहक सवारी-साधन मात्रै सञ्चालनमा

कोरोना भाइरस (कोभिड—१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको ५९ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन पटक–पटक समय थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ ।

लक डाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ । अहिले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागू गरिएको छ ।

उपत्यका बाहिरि जिल्लाहरुमा पनि  संक्रमण देखिन थालेपछि भित्री गल्लीहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन् । यद्यपि धेरै ठाउँमा खाद्यान्न र तरकारी पसलहरु भने सञ्चालनमा रहेका छन् । प्रहरीले अनावश्यक रुपमा हिँडडुल गर्नेलाई कारवाही गर्ने गरेको छ । केही दिनअघि अत्यावश्यक सेवा, बैंकिङ क्षेत्र र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend