दार्चुला : नेपाली झण्डा बोकेर कालापानी हिँडेका सात जना पक्राउ पर्नेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेका छन् ।
उनीहरुलाई दार्चुला प्रहरीले नेपाली झण्डा बोकेर दार्चुलाको नौगाड गाउँपालिकाबाट सुनसेरा सिना हुँदै कालापानी लिपुलेक अभियानमा हिँडेका समय बाटोबाटै पक्राउ गरेको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वलाई सरकारले सबै प्रकारका गतिविधिमा प्रतिबन्ध लगाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइन लागेको बताइएको छ ।