शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ सय ५३ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ सय ५३ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । आज थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताउनुभयो।

आज थपिएका संक्रमितहरु झापामा ८ जना, रुपन्देहीमा १ जना थपिएका छन।

यो सँगै नेपालमा संक्रमित संख्या ४ सय ५३ पुगेको छ।

यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।

यसैबीच हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ । आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको संख्या ४९ पुगेको हो । यस्तै कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीका १–१ जनाको मृत्यु भएको छ ।

नेपालमा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend