
धादिङ : धादिङ जिल्लाको गुम्दी स्वास्थ्य चौकीमा कोरोना संक्रमित बालक बसेको पाइएपछी स्वास्थ्य चौकीनै सिल गरिएको छ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ मा रहेको गुम्दी स्वास्थ्य चौकीमा लामो समय बसेर काठमाडौं गएका लमजुङका साढे २ वर्षका बालकमा कोरोनाको संक्रमण पुष्टि भएपछी गुम्दी स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको हो ।
स्वास्थ्य चौकी रहेको पूर्वमा सुर्दुङ खोला, पश्चिममा सातदोवाटो जाने बाटो, उत्तरमा धंगारचौर र दक्षिणमा सताहखोलाबीचको क्षेत्र पूर्ण रुपमा सिल गरि निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रशासनिक अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो।
गत चैत १२ गते काठमाडौंमा रहेका ती बालक आफ्नी आमासँगै मामाघरको हजुरबुवा कार्यरत रहेको गुम्दी स्वास्थ चौकीमा आएका थिए । गत बैशाख २९ गते आमासहित काठमाडौं फर्किएका उनीहरुलाई घरवबेटीले कोरोना चेकजाँच गर्न लगाएपछि परीक्षण गर्दा बालकमा कोरोनाको संक्रमण पोजिटिभ देखिएको थियो ।
ती बालकका हजुरबुबासहित उनको सम्पर्कमा आएका, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी पहिलो चरणमा २९ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणको लागि पठाईएको स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिनुभयो । स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अहिले अनिश्चितकालको लागि बन्द गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend