
नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने उत्तम कार्की रिहा भएका छन् । आफूलाई स्वयंसेवी बताउने चन्द्रागिरिका उत्तम कार्की रिहा भएका हुन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई छाडिएको सुनौलो नेपाललाई बताए । उनले भने, ‘अहिले गम्भीर प्रकृतिको अपराध बाहेकमा मुद्दा नचलाउने भन्ने छ, त्यसैले उहाँलाई छाडिएको हो ।’
जेठमा नियन्त्रणमा लिएपछि प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाउने भनेको थियो । तर, अदालतले मुद्दा चलाउन मानेन ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै कार्कीसहितको समूहले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यहार गरेको थियो ।
उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसको उनीहरुले फेसबुकमा लाइभ भिडियो प्रशारण गरेका थिए । भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले स्वयंसेवक भन्ने व्यक्तिको चौतर्फी विरोध गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend