बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

प्रहरी कुटपिट गर्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा थुनामुक्त

प्रहरी कुटपिट गर्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा थुनामुक्त

काठमाडौं : सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले उनीहरुलाई बुधबार छाडिएको सुनौलो नेपाललाई बताए । चिनियाँ नागरिकहरु घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा २६ वैशाखमा पक्राउ परेका थिए ।

नियन्त्रणमा नियन्त्रण लिन खोज्दा प्रहरीलाई चिनियाँ नागरिकले कुटेका थिए । त्यसक्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र एक जना प्रहरी जवान घाइते भएका थिए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend