logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ

    प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ

    2.4K
    Shares
    प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा महिला प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन् ।

    गएको जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा मृत फेला परेकी थिइन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    यस घटनामा प्रहरीले एक जना पुरुषलाई आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ गरेको स्रोतले बतायो । स्रोतका अनुसार पक्राउ पर्नेमा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय पुष्कर थापा मगर रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, सिराहामा ल्याएर उनीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ । अनुसन्धानका निम्ति सिराहा जिल्ला अदालतबाट म्याद थप गरिएको स्रोतको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend