
जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले कोरोना संकटपछिको नेपालको अर्थतन्त्र सुधार गर्न भारतसँगको सम्बन्ध सुधार गर्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भारतसँगको सम्बन्ध सुधार गर्नसके लगानीसमेत भित्रिने बताए । उनले कार्यक्रममा भारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएकोसमेत बताएका थिए ।
पूर्व अर्थमन्त्री समेत रहेका डा. भट्टराईले भने, ‘पछिल्लो समयमा सरकारका अभिव्यक्ति चित्त बुझ्दा छैनन् । सरकारले भारत–चीनसँगको सम्बन्धलाई पनि समान रुपमा लैजान सकियो भने विदेशी लगानी भित्रिन सक्छ ।’
आउँदो दिनमा ‘इकोनोमी पावर हाउस’ भारततर्फ फर्कन लागेकोको बताउँदै उनले अब यसलाई सरकारले चुनौती वा अवसर केको रुपमा हेर्न हो सोच्न आवश्यक रहेको बताए ।
नेता भट्टराईले सरकार अब कोरोनापछिको पुनसंरचनामा लाग्नुपर्ने बताए । भारत र चीनसँगको सम्बन्ध विकास गर्न सकेको खण्डमा सजिलो हुने उनको धारणा थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend