सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौँ : गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअ फेरिएका हुन् ।

उनका अनुसार हरि पन्तलाई रसुवाको प्रजिअ बनाएर पठाइएको छ भने त्यहाँका प्रजिअ अर्जुन भण्डारीलाई गृह मन्त्रालयमा ल्याइएको छ । सागरमणि पाठकलाई नवलपरासीमा सरुवा गरिएको  छ । त्यहाँका प्रजिअ वासुदेव दाहाललाई गृह मन्त्रालयमा ल्याएको छ ।

भोलिदेखि अनिवार्य अवकाश हुन लागेका लमजुङका प्रजिअ लक्ष्मण खड्काको ठाउँमा गृह मन्त्रालयका कृष्णप्रसाद शर्मालाई पठाइएको छ । बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा ल्याइएको छ भने त्यहाँ कृष्ण गैरेलाई पठाइएको छ ।

मोहन जोशीलाई बैतडीको प्रजिअ बनाइएको छ । त्यहाँका आनन्द पौडेललाई राष्‍ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend