शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कोरोना संक्रमणपछि निधन भएका युवकको शव उठेन, मुख्यमन्त्री र सिडिओको बैठक चल्दै

कोरोना संक्रमणपछि निधन भएका युवकको शव उठेन, मुख्यमन्त्री र सिडिओको बैठक चल्दै

रुपन्देही : रूपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव अझै उठ्न सकेको छैन।

अस्पतालबाट शव लैजाने विषयमा विवाद भएको छ।

अस्पतालको आइसीयू बेडमा रहेको शव अस्पतालकै सुरक्षाकर्मी वा स्वास्थ्यकर्मीले बाहिर निकाल्दिनुपर्ने अडानमा स्थानीय प्रशासन छ। तर आफन्तहरुले पुनः परीक्षण गरेर लास दिनुपर्ने अडान राखेका कारण लास जलाउने विषयमा – रूपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव अझै उठ्न सकेको छैन।

अस्पतालबाट शव लैजाने विषयमा विवाद भएको छ।

समस्या मिलाउन अहिले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा जिल्ला विपत व्यवस्थापनको बैठक चलिरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले सुनौलो नेपाललाई  बताए।

‘हामी जिल्ला प्रशासन कार्यालयमा छौं, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ मुख्यमन्त्रीसँगको बैठकमा जानु भएको छ। त्यहाँ हुने निर्णयपछि लास के गर्ने  तय हुन्छ’, थापाले भने।

अस्पताल प्रशासनले भने मृत्यु भइसकेको संक्रमितको शव सुरक्षाकर्मीले नै व्यवस्थापन गर्नु पर्ने अडान राखेको छ। आफन्तले त्यसलाई स्वीकार गरेका छैनन्।

उक्त शव तिलोत्तमा नगरपालिका–३ मगरघाटमा जलाउने स्थानीय प्रशासनको तयारी छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी थापाले कार्यविधिमा स्पष्ट उल्लेख नभएकाले अस्पतालबाट शव निकाल्नै समस्या परिरहेको  बताए।

कार्यविधिमा संक्रमितको मृत्यु भइसकेपछि सुरक्षा सामग्रीको प्रयोग गरेर सकेसम्म छिटो शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

अस्पतालमा जेठ १ गतेदेखि उपचार गराइरहेका गुल्मीको मदाने गाउँपालिका–६ का शिक्षकलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो।

ट्राभल हिस्ट्री नभएको र भारत वा तेस्रो मुलुकबाट आएका व्यक्तिको सम्पर्कमा समेत नभएकाले उनका परिवार र आफन्तले पुनः परीक्षणको माग गर्दै आएका छन्। उनी बुटवल आउनुअघि खर्घखाँचीस्थित छाया पोलिक्लिनमा जचाएका थिए। उक्त पोलिक्लिनकका १९ स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ।  परिवार तथा आफन्त गरी ४० जनाको रिपोर्ट भने आउन बाँकी रहेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend