शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

बाँकेमा २१ जना कोरोना संक्रमित एकै पटक डिस्चार्ज, निको हुनेको संख्या ७० पुग्यो

बाँकेमा २१ जना कोरोना संक्रमित एकै पटक डिस्चार्ज, निको हुनेको संख्या ७० पुग्यो

नेपालगन्ज : बाँकेमा शुक्रबार एकै दिन २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसन अस्पतालबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

नेपालगन्जका कूल संक्रमितमध्ये पहिलो कोरोना संक्रमित ६० वर्षीय वृद्धसहित २१ जना निको भएका हुन् । दुईजनाको दोस्रो परीक्षणमा पनि कोरोना पोजिटिभ देखिएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्टेन्ट डा.प्रकाशबहादुर थापाले बताए । दुईजना अझै आइसोलेसनमै उपचार गराइरहेका छन् । २६ र ३१ वैशाखमा कोरोना पुष्टि भएकासहित नेपालगन्जका अझै चारजना आइसोलेसनमा उपचार गरिरहेका छन् । १९ वैशाखमा पहिलो व्यक्तिमा र २३ वैशाखमा २२ जना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ७० पुगेको  छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend