
काठमाडौं : सरकारले नयाँ नक्सा कार्यान्वयनक लागि संविधान संशोधन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वन गर्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना प्रविधि तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।
‘निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकाले यो संविधान संशोधन गर्ने लागिएको हो’ उनले भने, ‘मूलत: यो अनुसूची ३ र निशान छापलाई संशोधन गर्न मात्रै परियोजनका लागि संघीय संसदमा पेस निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।’
शुक्रबार बसेको मन्त्रिपरिषद्ले नयाँ नक्सा पारिते गरेको थियो भने बुधबार मन्त्री पद्मा अर्याल भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, लिपुलेक समावेश भएको नक्सा सार्वजनिक गरेकी थिइन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend