
काठमाडौं : शुक्रबार काठमाडौं उपत्यकाका दुई अस्पतालमा २ जना बिरामीको मृत्यु भएको छ । यी दुवै बिरामी कोरोनाभाइरस संक्रमित हुन सक्ने आशंकामा उनहिरुको नमूना परीक्षणको लागि पठाइएको भए पनि रिपोर्ट नआउँदै उनीहरुको मृत्यु भएको हो ।
शुक्रबार पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामी र अल्का अस्पतालमा ६५ वर्षीय पुरुषको मुत्यु भएको छ । अल्का अपतालमा मृत्यु भएका बिरामी प्यान्क्रियाज क्यान्सरको उपचारको लागि आएका थिए । नवलपरासीबाट उपचारका लागि आएका उनीमा ज्वरो देखिएपछि नमूना परीक्षणको लागि पठाइएको छ । उनको शुक्रबार निधन भएको हो ।
यस्तै पाटन अस्पतालमा मृत्यु भएका बिरामी अस्पतालको आइसोलेसनमा थिए । उनको कोरोना परीक्षण भइसकेको छ । बिरामीको के कारणले मृत्यु भएको हो भन्ने बारे अस्पतालमा बैठक चलिरहेको छ । हाल पाटन अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend