शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

पाकिस्तानमा ९८ यात्रु बोकेको विमान दुर्घटना

पाकिस्तानमा ९८ यात्रु बोकेको विमान दुर्घटना

कराँची : पाकिस्तानमा विमान दुघर्टना भएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएकाे विमान कराँची विमानस्थल नजिकै दुघर्टना भएको हो ।
दुघर्टनास्थलबाट कालो धूवाँको मुस्लाे उडिरहेको र विमानमा रहेका ९८ जना यात्रुको अवस्था खुलिनसकेको द न्युजले जनाएको छ ।

अहिले उद्धार सुरु भइसकेको पीआईएका प्रवक्ता अब्दुल सत्तरले जानकारी दिएको डन अनलाइनले जनाएको छ ।

विमान रिहाइशी क्षेत्रको मोडल कोलनीमा खसेको बताइएको छ। यो विमानस्थल नजिकैको क्षेत्र हो। विमान मानव बस्तीमा दुर्घटना भएको विभिन्न संचार माध्यमले जनाएका छन्।

दुर्घटनाबाट के कति क्षति भयो भन्ने यकीन विवरण भने आइसकेको छैन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend