शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

थप ३२ जनामा कोरोना पुष्टि,संक्रमितकाे संख्या ५४८ पुग्याे

थप ३२ जनामा कोरोना पुष्टि,संक्रमितकाे संख्या ५४८ पुग्याे

काठमाडाैं, १० जेठ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । चैत ११ गतेदेखि देश नै ‘लकडाउन’मा भएतापनि काेराेना संक्रमितकाे संख्या दिनहुँ बढ्दै गएकाे पाइन्छ ।

आज (शनिबार) पनि नेपालमा थप ३२ जनामा काराेना पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ५४८ पुगेकाे छ ।

कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने ७० जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ ।

शुक्रबार ५९ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस्तै बिहीबार २९, बुधबार २५, मंगलबार ८३, साेमबार ८० र आइतबार १४ जनामा कोरोना पुष्टि भएकाे थियाे । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

देशभरका क्वारेन्टाइनमा २७ हजार आठ सय २९ जना छन् । त्यस्तै हालसम्म ४२ हजार पाँच सय १७ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ भने ८२ हजार एक सय १६ जनाको आरडिटी परीक्षण भएको छ । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend