logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई बैंक खातामार्फत पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ : मन्त्री श्रेष्ठ

    अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई बैंक खातामार्फत पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ : मन्त्री श्रेष्ठ

    672
    Shares
    अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई बैंक खातामार्फत पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ : मन्त्री श्रेष्ठ

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका छन् । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सरकारले पुरस्कारको घोषणा गरेपनि अझै दिन नसकेको भन्दै आलोचना भईरहेका बेला उनले आगामी आर्थिक वर्षको बजेटमा सोको व्यवस्था गरिएको बताएका हुन् ।

    आईतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको पनि स्पष्ट पारे । उनले एशीयन र साग खेलकुदमा पदक विजेता खेलाडीहरुका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको जानकारी दिए ।

    मन्त्री श्रेष्ठले भने, ‘अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा पुरस्कारको व्यवस्था गरिए अनुसार ४ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । आगामी वर्षदेखि पदक बिजेता खेलाडीलाई बैंक खातामार्फत नै पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ ।

    ओलम्पिकमा सहभागी एशियन खेलमा पदक बिजेता, साग खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरु ३५७ जना मासिक ६ हजारको दरले मासिक भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि रकम विनियोजन गर्नु परेकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदानका कार्यक्रमहरुलाई बजेट विनियोजन हुन नसकेको हो । ’

    मन्त्री श्रेष्ठले युवाहरुलाई कुलतमा राख्न नदिन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही रकम विनियोजन गरेको बताए ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend