सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

सगरमाथा क्षेत्रमा चीनको गतिविधि बढ्यो, फाइभ जी स्टेशन निर्माण सम्पन्न

सगरमाथा क्षेत्रमा चीनको गतिविधि बढ्यो, फाइभ जी स्टेशन निर्माण सम्पन्न

एजेन्सी : चीनले पनि  सगरमाथा क्षेत्रमा गतिविधि बढाएको छ । सगरमाथा क्षेत्रको मापन गर्न भनेर चिनियाँ विशेषज्ञ र प्राविधिकहरू टेन्ट हालेर त्यही क्षेत्रमा बसिरहेकाे बताइएकाे छ ।

तत्काल पाँच हजार २०० मिटर माथिका क्षेत्रहरु मापन गर्न सुरू गरेकाे बताइएकाे छ । यस क्रममा अस्थायी रूपमा टेन्ट हालेर शिविर नै बसालेका उनीहरूले आधुनिक प्रविधि र सुविधालाई आत्मसात गर्दै रमाइरहेका छन् । आधुनिक टेन्टभित्रै सञ्चार प्रविधिदेखि, जिम, गेम, मसाज, रेस्टुराँ लगायत सुविधा र मनाेरन्जनात्मक सेवा राखेकाे चिनिया सञ्चारमाध्यहरूले बताएका छन् ।

केही हप्ताअघि देखि नै चीनले सरगरमाथाकाे उत्तरी माेहडातर्फ करिब ७ हजार मिटरकाे उचाइमा आफ्नो फाइभ जीको सञ्चार प्रविधिकाे आधार स्टेशन निर्माण थालेका छन् भने सगरमाथाको मापन कार्य समेत भइरहेको बताइएको छ । गत अप्रिल ३० देखि नै चीन तर्फकाे क्षेत्रमा मापन सुरू भइसकेको छ । साे क्रममा केही चिनियाँ मिडियाले सगरमाथा चीनमा पर्ने समेत लेखेपछि त्यसकाे चर्चा नेपालमा पनि भएकाे थियाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend