
काठमाडौंको नागढुंगादेखि चितवनको मुग्लिङसम्मको पृथ्वी राजमार्ग सडक खण्डमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ । राजधानी काठमाडौंमा दैनिक हजारौंको संख्यामा लकडाउन उल्लङ्घन गर्नेहरु पक्राउ परिरहँदा पृथ्वी राजमार्ग भने सुनसान देखिन्छ । सडकमा कुनैपनि सवारी साधन सञ्चालनमा आएका छैनन् । त्यस्तै मानिसहरु पनि हिँडडुल गरेका देखिदैन् ।
सडकमा अत्यावश्यक सामग्री ढुवानी गर्ने साधनहरु बाहेक अन्य कुनैपनि साधानहरु देखिँदैनन् । एलपी ग्यास बुलेट गाडीहरु फ्याट्टफुट्ट देख्न सकिन्छ । त्यस्तै खाद्यान्न, तरकारी बोकेका ढुवानीका साधनहरु सहजै सञ्चालनमा आएका छन् । अत्यन्त व्यस्त रहने नौबिसे, गजुरी , मलेखु, गल्छी लगायतका बजार सुनसान छन् । मलेखु राजमार्गमा रहेका होटल व्यवसायहरु पूर्ण रुपमा बन्द छन् । यस्तै पसलहरु पनि बन्द छन् ।
सामाजिक दुरी कायम गर्दै प्रहरीले ठाउँठाउँमा सुरक्षा व्यवस्थालाई कडाई गरेको छ । सामान्य अवस्थामा निकै व्यस्त रहने मनकामना केबलकार पनि बन्द छ । लकडाउन सुरु भएदेखिनै केबलकार बन्द रहेको छ । निकै व्यस्त रहने मुग्लिङ बजार पनि पूर्ण रुपमा बन्द रहेको छ । मुग्लिनमा सञ्चालित कुनैपनि होटल पसल तथा बिभिन्न सेवा कार्यालयहरु खुुलेका छैनन् । राजमार्गमा ठाउँठाउँमा अस्थाई स्वास्थ्य शिविर स्थापना गरिएको छ । अत्यावस्यक सवारी साधन र ढुवानीका साधनमा यात्रा गर्ने व्यक्तिहरुलाई चेकजाँच गर्ने कार्यलाई प्रहरीले कडाई गरेको छ ।
समाजिक दुरी कायम गर्नको लागी तरकारी पसलहरू अगाडि डोरी बाँधेर बार लगाएको देख्न सकिन्छ ।
हेरौं पृथ्वी राजमार्गमा देखिएको केही दृष्य :
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend