
भारतले अतिक्रमण गरेको नेपाली भुमी फिर्ता ल्याउन सम्पूर्ण नेपाल र नेपाली एक भएको बेला नायिका वर्षा राउत भने फरक अभिव्यक्ति दिएर विवादमा मुछिएकी छन् ।
सिमा बिबादको सन्दर्भमा उनले दिएको एक अभिव्यक्तिले नायिका वर्षा राउत विवादमा मुछिएकी हुन् । भारतमै बसेर बलिवडमा चर्चित बनेकी नायिका मनिषा कोइराको हाई हाई भएको बेला नेपालमै बसेर नेपाली फिल्म इण्डस्ट्रीमा काम गर्ने उनको भने निकै आलोचना भएको छ।
उनले बोलेको एउटा भिडियो क्लिपमा,‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’
त्यसपछि वर्षा थप्छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भन्ने भइरहेको छ ।’
वर्षाका भारतीय साथी उनीसित रिसाउलान् भनेर नेपाली पत्रकारले सीमाको मुद्दा नउठाउने कुरा त हुँदैन होला । फेरि एउटा सेलिब्रिटी हुनुको नाताले आफ्ना इन्डियन साथीलाई पनि यो विषय बुझाउने दायित्व उनको हो तर उनले पत्राकारलाई गाली गर्ने हिसावले उत्रिनु गलत भएको तर्क सामाजिक संजालमा अभिव्यक्त भएका छन्।
उनले नेपाली र भारतीय पत्रकारले झगडा पारिरहेको भनेर दुवैलाई एउटै डालोमा हालिदिएकी छन् । जबकि नेपाली सञ्चारमाध्यमले तर्कमा उभिएर प्रश्न गरिरहेका छन् भने भारतीय सञ्चारमाध्यले गालीगलौज मात्रै गरिरहेका छन् । तर नेपाली मिडियाले तथ्य प्रमाण पेश गरीरहंदा उनलाई असह्य भएको जस्तो देखिन्छ सामाजिक संजालमा एक युवाले टिप्पणी गरेका छन्।
अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ । सामाजिक सञ्जालमा बलिउडकी स्टार अभिनेत्री मनिषा कोइरालासँग वर्षा राउतलाई जोडेर आलोचना भइरहेको छ । २५ वर्ष बलिउडमा बिताएकी मनिषा कोइरालालाई आफ्ना प्रशंसक, साथीभाइको चिन्ता नहुने तर नेपाली अभिनेत्रीलाई भारतीय साथीहरुको चिन्ता भएको भन्दै वर्षामाथि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथी खनिएका छन् ।
यो बिषयमा नेपालका सम्पूर्ण राजनीतिक दल नेपाली जनता एक ठाउँमा उभिएर आफ्नो भुमी फिर्ता ल्याउन दृढ छन् त्यसमा नेपाली कलाकारहरु समेत साथ दिएका छन् केहि दिन अगाडी राजेश हमालले त यो बिषयमा अंग्रेजी भाषामै भिडियो बनाएर नेपाली भुमी रहेको दाबी गरेका थिए।
हेरौं भिडियो सहित बर्षा राउतको प्रतिक्रिया :
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend