शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

वर्षा राउतले माफी माग्दै भनिन् : बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश छ

वर्षा राउतले माफी माग्दै भनिन् : बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश छ

नेपाल-भारतबीच​को सीमा विवादबारे दिएको अभिव्यक्तिका कारण विवादास्पद बनेकी वर्षा राउतले माफी मागेकी छन् । वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामाे स्टाटस राख्दै माफी मागरेकी हुन् ।

बाेल्दै जाँदा जिब्रो चिप्लिए पनि मनभित्र आफ्नो देश भएकाे उनले बताएकी छन्  ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताको सम्मानमा अलिकति पनि चुकेकी छैन, अलिकति पनि तलमाथि परेकी छैन,’ उनले लेखेकी छन् ।

उनले आफूलाई नेपाली हुनुमा गर्व भएको पनि बताएकी छन् । ‘ संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गीकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ,’ उनले लेखेकी छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकाे भएकाे र अाफू त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार भएकाे पनि उनले बताएकी छन् । ‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपालीसँगै उभिएर समर्थन गर्नुपर्छ, उनले लेखेकी छन् ।

वर्षाले फेसबुकमा लेखेकी स्टाटस हेरौं :

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend