मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

धादिङमा अवैध हातहतियार सहित २ जना पक्राउ

धादिङमा अवैध हातहतियार सहित २ जना पक्राउ

धादिङ : धादिङ खनियाबास गाउँपालिकाको किन्ताङ फेदिबाट प्रहरीले अवैध हातहतियार सहित २ जनालाई पक्राउ गरेको छ । झ्याप्ले भन्ने २७ वर्षिय राजु तामाङ र धानु भनिने ३३ वर्षिय हरिबहादुर तामाङ पक्राउ परेका हुन् ।

खुकुरी, चाकु लगायतका अवैध हातहतियार झोलामा बोकेर हिडिरहेको अवस्थामा फेला पारी उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ पर्ने राजु तामाङ खनियाबास १ झार्लङका स्थायी बासिन्दा हुन भने हरिबहादुर तामाङ झार्लाङबाट नीलकण्ठ नगरपालिका ८ ससाहमा बसाई सरि आएको डिएसपी खड्काले बताउनुभयो। हरिबहादुर तामाङ केही वर्ष अगाडी दार्खा चौकीको हिरासतबाट प्रहरीको हत्कडी सहित भागेको फरार अभियुक्त हुन् ।

यस्तै यि दुवै जना केही वर्ष अघि मुस्ताङबाट लुटेर फर्कने क्रममा जोमसोममा लूटेर ल्याईएका सामान र हात हत्तियार सहित पक्राउ परी ६ वर्ष कैद भुक्तान गरेर आएका हुन् ।  राजनितिक आडमा गुण्डागर्दी गर्दै आएका तामाङद्धोय गाउको विकास निर्माणका काम गर्ने समिती, ठेकेदार, गाडी, होटेल र पसलवालाहरुलाई धम्क्याउँदै पैसा असुले गर्ने गरेको नाम गोप्य राख्ने सर्तमा एक जना स्थानियले बताएका छन् । शनिबार पक्राउ परेका  उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) खड्काले बताउनुभयो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend