
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
यो सँगै नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
डाक्टर देवकोटाका अनुसार हालसम्म ८९ जना अहिले संक्रमणमुक्त भएका बताइएको थियो। तर यी दुई जनामा पुनः संक्रमण भएकाले ८७ जना मात्र निको भएर डिस्चार्ज भएको समेत उनले बताए। नेपालमा ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend