सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

लकडाउनमा विपन्नको सहारा बन्दै मायादेवी फाउण्डेशन

लकडाउनमा विपन्नको सहारा बन्दै मायादेवी फाउण्डेशन

भैरहवा : मायादेवी च्यारिटेबल फाउण्डेशन सिद्धार्थनगर, रुपन्देहीले स्थापना कालदेखि नै विपन्न परिवारलाई सहयोग गर्दै आएको छ । सोही क्रममा फाउण्डेशनले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ई–दुल–फित्र (ईद) को पूर्व संध्यामा मुस्लिम समुदायलाई आइतबार विभिन्न खाद्यान्न सामाग्री वितरण गरेको छ ।

फाउण्डेशनले ईदको शुभकामना व्यक्त गर्दै सिद्धार्थनगर नगरपालिकाका १५० विपन्न मुस्लिम परिवारलाई सेवईं, नरिवल, छोडा लगायत ईदको दिन पकाइने परिकारका लागि आवश्यक सामाग्री उपलब्ध गराएको फाउण्डेशनका संस्थापक अध्यक्ष रवि कुमार रौनियारले सुनौलो नेपाललाई जानकारी दिए ।

“लकडाउनको बेलामा मुस्लिम समुदायलाई वितरण गरिएको सामाग्री राहत नभई उहाँहरुलाई उक्त सामाग्री उपहारको रुपमा प्रदान गरिएको हो, उनले भने ।” यस्तो कार्यक्रमले विभिन्न समुदायबीच आपसी सदभाव कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने उनले विश्वास गरे । यस अघि फाउण्डेशनले मोहम्मद जयन्तीको दिन पनि धार्मिक सदभाव कायम हुने उद्देश्यले कार्यक्रम सम्पन्न गरेको रौनियारले बताए ।

हेरौं विपन्न परिवारका लागि सहयोग गरेको दृश्यहरु  :

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend