सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतीय ह्याकरको अहिलेसम्मकै ठूलो हमला, नेपाल नागरिक उड्ययन प्राधिकरणको वेबसाईट ह्याक

भारतीय ह्याकरको अहिलेसम्मकै ठूलो हमला, नेपाल नागरिक उड्ययन प्राधिकरणको वेबसाईट ह्याक

नेपालको उड्ययन क्षेत्रको नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को आधिकारीक वेबसाईट (caannepal.gov.np) भारतको एउटा ह्याकर समुहले कब्जामा लिएको छ । आईतबार बेलुका आईक्रु नाम गरेको ह्याकर समुहले साईट ह्याक गरेको हो ।

ह्याकरले साईट कब्जामा लिएपछि वेबसाईटमा भारतको झन्डासहित केही सन्देश पनि राखिएको छ । जसमा भारतीय ह्याकरको शक्ति अनुभव गर (फिल द पावर अफ इन्डियन ह्याकर्स) भनेर पनि उल्लेख गरिएको छ । सँगै ह्याकरले रोबिन भिन्सेन्ट नाम गरेको फेसबुक पेज उल्ल्लेख गरेको छ । ह्याकरले आफ्नो नाम GHO57_5P3C706 जनाएको छ ।

नेपाल र भारतबीच सिमा विवाद बढेयता दुई देशका ह्याकरबीच एक अर्का देशको साईट ह्याक गर्ने प्रवृत्ति बढेको छ । भारतीय ह्याकरले यस अघि नेपालको नेसनल लाइबे्ररी र वनस्पति विभाग बाँकेको वेबसाईट ह्याक गरेको थियो । भारतीय ह्याकरको यो अहिलेसम्मकै ठूलो हमला हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend