बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं उपत्यकामा बढ्यो जोखिम, १०० भन्दा बढी घर सिल

काठमाडौं उपत्यकामा बढ्यो जोखिम, १०० भन्दा बढी घर सिल

काठमाडौं : कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरूलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो ।

उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका ४, शंखधर चोकमा २, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन प्लानिङका १७ वटा घर सिल गरिएको छ ।

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका १ जना संक्रमित देखिएपछि यी २ ठाउँमा सिल गरिएको छ । काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा २ र चुच्चेपाटीमा ४ वटा घर सिल गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend