
धादिङ : समाजवादी पार्टी धादिङले भारत लगायत तेस्रो मुलकमा अलपत्र रहेका नेपालीहरुलाई उद्वार गर्न माग गरेको छ । समाजवादी पार्टी धादिङका अध्यक्ष राम ढकालले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अलपत्र परेको नेपालीहरुलाई तत्काल उद्वार गर्नको लागि माग गर्नुभएको छ । कोरोना भाईरसको कारण रोजगारी गुमेर विदेशी भुमिमा अलपत्र परेका नागरिकहरुलाई उद्वार गरी क्वारेन्टाईनमा राखी पिसीआर परिक्षण गराएर मात्र परिवारको जिम्मा लगायनको लागी आग्रह गरीएको छ । संक्रमणको दर बढ्दै गईरहेको अवस्थामा कोरोना परिक्षणको दायरा बढाउनको लागि समेत आग्रह गरीएको छ ।
समाजवादी पार्टीका अध्यक्ष राम ढकाल द्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ,“भारतमा अलत्रप परेका नागरिकहरुलाई केहि संस्थ्या र स्थानीय तहले उद्वार गरेको भन्दै त्यस काम प्रति समाजवादी पार्टी धन्यवाद दिन चाहन्छ, तर यस्तो महामारीको समयमा पनि जनताको उद्वारको क्रममा राजनीतिकरण भईरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ ।” नेपाल भित्रका नागरिकहरु पनि अप्ठेरो अवस्थामा रहेको भन्दै समस्यामा परेका नेपालीहरुको पहिचान गरी राहत तथा सहयोग गर्नको लागि माग गरीएको छ । सीमामा अलपत्र नागरिकको उद्वार गरेर विना परिक्षण गाउँ पठाएको प्रति ध्यानकर्षण भएको भन्दै क्वारेनटाईनमा राखीर पिसीआर परिक्षणमात्र गाउँ पठाउन आग्रह गरीएको छ ।
लकडाउनलाई प्रभावकारी ढंगबाट कार्यन्वयन गर्न माग गर्दै लकडाउन पछि उत्पन्न हुने आर्थिक, सामाजिक, समस्या समाधानको लागि प्रभावकारी राहत प्याकेज घोषणा गरी नागरिकको जीवन र स्वास्थ्यमा जिम्मेवार बन्न आग्रह गरीएको छ ।नागरिकको हितको सवालमा समाजवादी पार्टी धादिङ सदैव सरकार मातहतका निकायलाई रचनात्मक सहयोग बन्ने प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend