logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • विद्युतीय बाइक उत्पादनमा सिप्रदी, यात्रीसँग गर्‍याे सम्झौता

    विद्युतीय बाइक उत्पादनमा सिप्रदी, यात्रीसँग गर्‍याे सम्झौता

    2.5K
    Shares
    विद्युतीय बाइक उत्पादनमा सिप्रदी, यात्रीसँग गर्‍याे सम्झौता

    काठमाडौं । नेपालमा टाटा गाडीको आयात तथा बिक्री वितरण गर्दै आएको सिप्रदी ट्रेडिङ प्रालिले अब विद्युतीय मोटरसाइकल उत्पादनमा लगानी गर्ने भएको छ । सिप्रदीले र विद्युतीय बाइक उत्पादक यात्रीसँगको साझेदारीमा बाइक उत्पादन गर्ने भएको हो । दुई कम्पनीबीच शुक्रबार विद्युतीय बाइक उत्पादन गर्न सम्झौता भएको छ । सम्झौतालाई बाहिर ल्याइएको छैन ।

    बाइक उत्पादनमा दुबै कम्पनीहरुले संयुक्त लगानी गर्ने सम्झौता भएको छ । सिप्रदीको लगानी कति हुने हो खुलाइएको छैन् । यस्तै यात्रीले विद्युतीय बाइक उत्पादनको पाटो र सिप्रदीले बजार हेर्ने बताइएको छ ।

    एक वर्षअघि दर्ताको विषयलाई लिएर यात्री बाइक चर्चामा आएको थियो । त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रसरतामा कार्यविधि संशोधन गरी यात्रीको दर्ता खुलाएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले २०८० वैशाखमा दर्ताको व्यवस्था मिलाएका थिए । यात्रीका सबै बाइक अहिले दर्ता छन् ।

    दर्ता खुलाएपछि यात्री बाइक सुस्ताएको छ । सिप्रदीको साझेदारीपछि अब यात्रीले गति लिने अनुमान गर्न सकिन्छ । नेपाली नवप्रवर्तक (स्टार्टअप) यात्री कम्पनी सन् २०१७ मा स्थापना भएको हो । यात्रीले २०१९ देखि विद्युतीय बाइक यात्रीको उत्पादन थालेको हो ।

    ६ जना इन्जिनियरसहितको टोलीले २०१७ बाट काम सुरु गरेर दुईवर्षमा यात्री मोटरसाइकलले पहिलो विद्युतीय मोटरसाइकल यात्रीको उत्पादन गरेको थियो । यात्रीको संस्थापक असिम पाण्डे हुन् । उनले नै यात्री प्रोजेक्ट वान विद्युतीय मोटरसाइकलको डिजाइन गरेका थिए ।

     

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend