
सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ।
संक्रमित व्यक्तिहरू १० देखि ३२ वर्षका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए।
अहिलेसम्म १ सय ११ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन्।
यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend