
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले तत्काल उद्धार गर्ने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना
देशवासीलाई सरकारले समयमै उद्धार गर्ने बताएका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘स्वदेश फर्कनुपर्ने अवस्थाका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिनेछ।’
समस्याको प्राथमिकता र देशभित्रको तयारीकाबीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिने प्रधानमन्त्री ओलीले बताए। सरकार आफ्ना नागरिक प्रति संवेदनशील रहेको भन्दै निश्चिन्त रहन सबैमा आग्रह गरे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend