शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

भारतको राजधानी दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री सेल्सीयस

भारतको राजधानी दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री सेल्सीयस

एजेन्सी : भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ ।  भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार भारतमा पछिल्लो हप्ता तापक्रममा अत्यधिक बृद्धि हुदै आएको छ । सोमबार दिल्लीको तापक्रम ४५ डिग्रीसम्म पुगेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक गर्मीका कारण मानिसहरुले पानी धेरै पिउन थालेको, सितलता खोज्न थालेको, रुखको छहारीमा बस्ने गरेको पाइएको छ ।  त्यसैगरी जनावर तथा चराचुरुङ्गीले पनि गर्मी कम गर्नका लागि पानी र सितल खोज्ने गरेको अधिकारीहरुले बताएका छन् ।

मौसम विज्ञान विभागले आगामी चार दिन पनि यस्तै गर्मी कायमै रहने र तापक्रम थप बढ्नसक्ने अनुमान गरेको छ । विभागका अधिकारीहरुले आगामी केही दिन तापक्रम ४५ देखि ४६ डिग्री सेल्सीयससम्म पुग्नसक्ने बताएका हुन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend