शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

दलित संघद्वारा अन्तरजातिय विवाह गर्न खोज्‍नेको हत्यामा संलग्‍नलाई कारबाहीको माग

दलित संघद्वारा अन्तरजातिय विवाह गर्न खोज्‍नेको हत्यामा संलग्‍नलाई कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रसको भ्रातृ संगठन नेपाल दलित संघले रुकुम पश्चिम जिल्लाको चौरजहारीमा भएको हत्या घटनामा संलग्नमाथि हदै सम्मको कारबाही माग गरेको छ ।

दलित संघले हत्या घटनाका पिडीतलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको ब्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

चौरजहारी नगरपालिका वडा नं. ८ मा अन्तरजातिय विवाह गर्न खोज्दा गाउँलेहरुले सांघातिक आक्रमणमा परी जाजरकोटको भेरी नगरपालिका वडा नं.४, रानागाउँका नवराज विकको मृत्यु भएको थियो । विकसँगै उनकी प्रेमिका ल्याउन गएका केही युवासमेत वेपत्ता रहेका बताइएको छ ।

दलित संघका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले प्रेस विज्ञप्ति जारी गरेर २१औं सताव्दीको उन्नत समाजमा समेत दलित समुदायले अन्तरजातिय प्रेम विवाह गर्न खोज्दा ज्यानै मार्ने गरी भएको घटना अत्यन्तै निन्दनिय भएको बताएका छन् ।

“नेपालको संविधान र विद्यमान कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको कार्बाही गरि पिडीतलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको व्यबस्था गर्न नेपाल दलित संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

दलित संघले घटनापछि वेपत्ता रहेका विकका साथीहरुको खोजीका लागि पनि सरकारसँग माग गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend