
भैरहवा : कोभिड-१९, कोरोना संक्रमणका कारण विश्व आक्रान्त बनिरहेका बेलामा पनि आफ्नो स्वास्थ्यको जोखिम मोलेर आम नागरिकहरुलाई सूचना प्रवाहमा खटिएका सञ्चारकर्मीहरुका लागि भैरहवाको मायादेवी च्यारिटेबल फाउण्डेशनले कोरोना विरुद्धको अभियानमा क्रियाशील सञ्चारकर्मीहरुका लागि आवश्यक N95 माक्स र सेनिटाईजर सिद्धार्थनगरको पत्रकारहरुलाई मायादेवी च्यारिटेबल फाउण्डेशन सिद्धार्थनगर, रुपन्देहीले हस्तान्तरण गरेको हो ।
मायादेवी च्यारिटेबल फाउण्डेशन सिद्धार्थनगर, रुपन्देहीले स्थापना कालदेखि नै विपन्न परिवारलाई सहयोग गर्दै आएको छ । सोही क्रममा फाउण्डेशनले सिदार्थनगरका ५० जना पत्रकारलाई ५० थान मास्क र सेनिटाईजर उपलब्ध गराएको छ।
साथै बिमा संस्था र पत्र-पत्रिका बाड्ने व्यक्तिलाई पनि ३० थान मास्क र सेनिटाईजर सहयोग गरेको हो ।
उक्त मास्क र सेनिटाईजर मायादेवी फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले सहयोग गरेका हुन्।
‘पत्रकारहरू सूचना सङ्कलन गर्ने क्रममा कोभिड– १९ को संक्रमणको उच्च जोखिम रहेकाले पत्रकारलाई मास्क र सेनिटाईजर वितरण गरिएको हो। रौनियारले भने राष्ट्रका चौथो अंग ”पत्रकार” हुन।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend