शुक्रबार, बैशाख ५ २०८२
मंगलबार, १३ जेष्ठ २०७७
ब्रासिलिया : ब्राजिलमा २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोना भाइरसबाट संक्रमित फेला परेका छन्। जोन हप्किन्स विश्व विद्यालयले जारी गरेको तथ्यांकअनुसार ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ हजार ४७३ पुगेको छ । दक्षिण अमेरिकी मुलुकहरुमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको संक्रमणबाट निधन भइसकेको छ ।
विश्वमै संयुक्तराज्य अमेरिकापछि कोरोना भाइरसबाट सर्वाधिक प्रभावित दोस्रो मुलुक ब्राजिल हो । अमेरिकामा कूल संक्रमितको संख्या १७ लाख नाघिसकेको छ ।
सुनौलो नेपाल अनलाइन प्रा. लि. अनामनगर काठमाडौँ, नेपाल सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५ सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
सम्पर्क : ०१- ४१०२६६४ समाचारको लागी इमेल : [email protected] विज्ञापनका लागि इमेल : [email protected]
मोहराज पौडेल अध्यक्ष / प्रबन्ध निर्देशक
गजेन्द्र चालीसे सम्पादक
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend