logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कांग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी

    कांग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी

    651
    Shares
    कांग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा(एमाले)का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली कांग्रेस र नेकपा(एमाले)का शिर्ष नेताहरुबीच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका हुन् ।

    उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताए । उनले संविधान संशोधनसम्मका लागि कांग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताए । उनले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गर्नुपर्ने बताए ।

    उनले भने – ‘चारैतिर निराशा फैलिएका बेला संसदका दुई ठूला दल नेपाली कांग्रेस तथा नेकपा(एमाले)का शिर्ष नेताहरुबीच शुरु भएको सघन सम्वादले आशाको सञ्चार गरेको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यि दुई ठूला दलहरुका बीच संवाद र सहकार्य आवश्यक छ ।

    यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाँइ लडेका दुई ठूला दलहरु बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु ।’

    उनले कांग्रेस एमालेका शिर्ष नेताहरुकाबीचमा भएको भेटवार्तालाई सकारात्मक रुपमा लिन आग्रह पनि गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend