बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

नेपालमा एकैदिन थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

नेपालमा एकैदिन थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकैदिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाको छ । रुपन्देहीको प्रदेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा पोजेटिभ देखिएको छ । सेती प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ देखिएको छ ।

सुर्खेत प्रदेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार पीसीआर विधिबाट कुल ५४ हजार ४ सय २४ वटा नमुना परीक्षण गरिएको छ । आरडीटी विधिबाट कुल ९७ हजार ९ सय ६७ जनाको परीक्षण गरिएको छ ।

नेपालगंजमा थप ७ जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरूको भेरी अस्पतालमा गरिएको परीक्षणमा नमुना परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको छ ।

२४ घण्टाको अवधिमा पीसीआर विधिबाट ३ हजार ७ सय ८२ नमुना परीक्षण गरिएको छ । आरडीटी विधिबाट २ हजार ७ सय ७५ जनाको परीक्षण गरिएको छ ।

प्रदेश १ बाट ३६ जना, प्रदेश २ बाट ७६ जना, बागमती प्रदेशबाट ११ जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश ५ बाट ३५ जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना गरी कुल १ सय ५५ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरणअनुसार ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या अहिलेसम्मकै उच्च रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend