
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डबाट मंगलबार थप ४३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।
दुई जना माहिलसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनु भयो ।
उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उहाँले बताउनु भयो । उनीहरु ११ देखि १६ दिनमा डिस्चार्ज गरिएको बताउनु भयो ।
यससँगै नेपालमा कोराना संक्रमित निको भएर डिस्चार्ज हुने व्यक्तिहरुको संख्या १ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend