
भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाका हुँदै मंगलवार मात्र ५ हजार १३ जना नेपाली भारतबाट स्वदेश फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मंगलवार गौरीफन्टा नाका २ घण्टाका खोलिएकोमा ५ हजार १३ जनाको उद्धार गरिएको सुनौलो नेपाललाई जानकारी दिए ।
उनीहरूलाई सीमा क्षेत्रबाटै सम्बन्धित पालिकामा पठाउन लागिएको जोीले बताए । लकडाउनपछि सबैभन्दा बढि मंगलबार नै नेपाल भित्रिएका हुन् ।
गौरीफन्टा नाकाबाट पछिल्लो ९ दिनमा झण्डै २० हजार अलपत्र नेपालीको उद्धार गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend